"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । आज विश्व उपभोक्ता अधिकार दिवश विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रुपमा मनाउने गरिन्छ । सन् १९६२ मा आजकै दिन अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीले उपभोक्ता अधिकारको बारेमा अमेरिकी काँग्रेसको सभामा बोलेको दिनको सम्झनामा यो दिवस मनाउँदै आइएको छ ।
तत्कालीन अवस्थादेखि अहिलेसम्म हरेक नागरिकले आफ्नो उपभोग अधिकारको बारेमा चुनौती खेप्दै आउनुपरेको छ । यसै अवसरमा काठमाडौँमा वाणिज्य विभागले विभिन्न जनचेतनामूलक नारा लेखिएका ब्यानर प्लेकार्डसहित प्रभातफेरिको आयोजना गरेको छ । साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले देशैभर कार्यक्रम गरिरहेका छन् । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्ने भन्दै शुभकामना सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले जारी गरेको सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न आग्रह पनि गरेका छन् ।

२०७५ चैत १ गते शुक्रवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु