"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुन सक्दैन : प्रधानमन्त्री

पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद सचिवालयको १८ औं वार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले पृथकतावादी समुह सानो भए पनि विशाक्त हुने भएकाले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए ।

‘पृथकतावाद सानो भए पनि घातक हुन्छ । जसलाई सरकारले महत्व दिएर निस्तेज पारेको हो,’ प्रधानमन्त्री ‍ओलीले भने, ‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन । यस विषयमा चिन्ता नगरे हुन्छ ।’ पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको उनले बताए । उनले भने, ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन् ।’

राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पुर्‍याउने कुरामा जनमत संग्रह् गर्ने भन्ने सोच्न नसकिने ओलीले स्पष्ट पारे । उनले विभिन्न आवरणमा चन्दा असुल्ने, लुटपाट गर्ने कुरा सरकारलाई सह्यै नहुने बताए । ‘अमनचयन खल्बल्याउने गतिविधी सरकारलाई मान्य हुँदैनन्’ उनले भने, ‘कोही मृत संस्था जिवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।’

२०७५ फागुन २७ गते सोमवार १६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु