राष्ट्रिय योजना आयोगले पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले पन्ध्रौँ पञ्चवर्षीय योजना २०७५र७६–२०८०र८१ को लागि आधारपत्रको मस्यौदा सार्वजनिक गरेको छ । काठमाण्डौमा भव्य कार्यक्रम गरेर सार्वजनिक भएको आधारपत्रले पाँच वर्षपछि देशको अर्थतन्त्र कस्तो हुने भन्ने कल्पना गरेको छ ।
योजना आयोगले पन्ध्रौं पञ्चवर्षीय योजनाले सम्वृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवाद न्मुख लोककल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै देशलाई उच्च आयस्तर भएको देशमा रुपान्तरको आधार बनाउने जनाएको छ ।
त्यसको लागि योजना आयोगले विभिन्न क्षेत्रका रुपान्तरणकारी कार्यक्रमर परियोजनाको मस्यौदामा समेटेको छ । यी परियोजनाले विभिन्न क्षेत्र छुट्याएको छ । योजना आयोगले ‘सुखी नेपाली सम्वृद्ध नेपाल’को लागि केही रुपान्तरणकारी अर्थात ‘गेम चेन्जर’ परियोजनारआयोजना बनाएको छ ।
राष्ट्रिय योजना आयोगले पन्ध्रौं पञ्चवर्षीय योजनाको लागि छुट्याएका केही रुपान्तरणकारी अर्थात गेम चेन्जर परियोजना निम्न छन् स्
गेम चेन्जर योजना स् आर्थिक क्षेत्र
योजना आयोगले दोहोरो अंकको आर्थिक वृद्धिसहित पूर्वाधारलाई विशेष ध्यान दिएर प्रकाशन गरेको मस्यौदामा आर्थिक क्षेत्रको परिकल्पना गरेको छ । जुन निम्न अनुसार छन् स्
बबई सिँचाई आयोजना, सिक्टा सिँचाई आयोजना, प्रणाली आधुनिकीकरणसहित रानीजमरा कुलरिया सिँचाइए आयोजना, भेरी बबइ बहुउदेश्यीय डाइभर्सन आयोजना, महाकाली, बागमती र प्रगन्ना सिँचाई आयोजना, सुनसरी मोरङ सिँचाई आयोजना ।
यस्तै तराई मधेश विशेष सिँचाई कार्यक्रम, एकीकृत सिँचाई तथा उर्जा कार्यक्रम, निर्मित सिँचाई प्रणाली मर्मत तथा स्तरोन्नति कार्यक्रमलाई पनि पञ्चवर्षीय योजनाको मस्यौदामा समेटिएको छ ।
गेम चेन्चर परियोजनाको आर्थिक क्षेत्र अन्तर्गत नै कृषि तथा वन प्रशोधनजन्य उद्योग, निर्माण सामाग्रीजन्य उद्योग, सूचना प्रविधि उद्योग र औषधि उद्योगलाई पनि समेटिएको छ । यस्तै आर्थिक व्यापारिक करिडोर स्थापना र विस्तारलाई पनि समेटिएको छ ।
गेम चेन्जर परियोजनामा निजगढ, गौैतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको छ । यस्तै नेपालगञ्ज र धनगढीलाई पनि अन्तर्राष्ट्रिय उडानयोग्य विमानस्थल बनाउने योजनाको मस्यौदामा उल्लेख छ ।
यस्तै बहुमुल्य पत्थर उत्खनन, धातु उत्खनन गर्ने तथा हिमालको पानी विदेश निर्यात गर्ने सम्मलाई रुपान्तरणकारी अर्थात गेम चेन्जर योजनाको रुपमा समेटिएको छ ।
गेम चेन्जर योजना स् सामाजिक क्षेत्र
योजना आयोगले केही सामाजिक क्षेत्र समेटेर पाँच वर्षको लागि रुपान्तरणकारी अर्थात गेम चेन्जर योजना बनाएको छ । सामाजिक क्षेत्र अन्तर्गत स्थानीय तहमा प्राथमिक अस्पताल, प्रदेशमा द्धितीय तहको अस्पताल र संघ अन्तर्गत रहने गरी हरेक प्रदेशमा विशिष्टिकृत र अति विशिष्टिकृत अस्पताल बनाउने योजनाको मस्यौदामा उल्लेख छ ।
यस्तै बहुक्षेत्रीय पोषण कार्यक्रम, विद्यालय क्षेत्र विकास कार्यक्रम, हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय, कृषि, वन तथा पर्यटन क्षेत्रका विश्वविद्यालय, अन्वेषण तथा अनुसन्धानमुलक उच्च शिक्षा पनि योजनाको मस्यौदामा राखिएको छ । सामाजिक क्षेत्र अन्तर्गतका रुपान्तरणकारी योजनामा दोस्रो चरणको मेलम्ची खानपानी आयोजनासहित प्रदेश खानेपानी र ग्रामिण खानेपानी योजनाहरुलाई पनि समेटिएको छ ।
गेम चेन्जर योजना स् पूर्वाधार क्षेत्र
राष्ट्रिय योजना आयोगले पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्रको मस्यौदामा पूर्वाधार क्षेत्रलाई विशेष जोड दिएको छ । पाँच वर्षमा १५ हजार किलोमिटर राष्ट्रिय लोकमार्ग, १ सय २० किलोमिटर रेलमार्ग, ७६ किलोमिटर द्रुतमार्गलगायतका योजना पाँच वर्षमा पूरा हुनेगरी योजनाको मस्यौदा बनाइएको छ ।
आयोगले पाँच वर्षमा काठमाडौं तराई फाष्टट्रयाक, पूर्व पश्चिम राजमार्गलाई एसियाली स्तरको राष्ट्रिय एक्सप्रेस लोकमार्गको रुपमा विकास गर्ने, गल्छी–त्रिशुली–मैलुङ,– स्याप्रुबेसी सडक निर्माण सम्पन्न, लुम्बनी– पोखरा सडक, र वीरगंज–काठमाण्डौ–रसुवागढी सडक निर्माण पनि सक्नेगरी गेम चेन्जर योजना बनाएको छ ।
यस्तै टोखा–रसुवागढी, सितापाइला– नौबिसे, खुर्कोट– चियावारी, बुटवल–पाल्पा र हेम्जा– नयाँपुल जोड्न सुरुङ बनाउने पनि पञ्चवर्षीय योजनाको रुपान्तरणकारी योजनामा उल्लेख छ ।
मस्यौदामा पूर्वपश्चिम रेलमार्ग, काठमाण्डौ मेट्रोरेल, रसुवागढी– काठमाण्डौ –पोखरा–लुम्बिनी रेलमार्ग र वीरगंज– काठमाण्डौ रेलमार्गको काम अघि बढाउने पनि उल्लेख छ ।
यस्तै कोशी, नारायणी र कर्णाली जलमार्ग विकास, विद्युतीय परिवहन, साइकल सिटी, फ्लाइओभर, अन्डरपासलगायतका आयोजनालाई पनि गेम चेन्जरको रुपमा उल्लेख गरिएको छ ।
यस्तै पूर्वाधार क्षेत्र अन्तर्गत नै अरुण तेस्रो, बुढीगण्डकी, माथिल्लो कर्णाली, तनँहु, माथिल्लो अरुण जलविद्युत आयोजना, तमोर, आँधिखोला, उत्तरगंगा र दुधकोशी जलाशययुक्त आयोजना, अन्तरदेशीय विद्युत प्रशारणलाइन र ९९ प्रतिशत नेपालीको घरमा विजुली पुर्याउने सहितका योजना पनि समावेश छन् । यस्तै सूचना प्रविधिको उच्च प्रयोगको लागि विभिन्न योजना पनि उल्लेख छन् ।
गेम चेन्जर योजना स् लोकतन्त्र र सुशासन क्षेत्र
सम्वृद्ध देश निर्माणको लागि लोकतन्त्र र सुशासन क्षेत्रलाई पनि योजना आयोगले गेम चेन्जर परियोजनाको रुपमा लिएको छ । प्रदेश र स्थानीय तहका सचिवालय भवन निर्माण, क्षमता बृद्धि, राष्ट्रिय परिचयपत्र, विद्युतीय सार्वजनिक सेवा अन्तगर्गत सबै सरकारी क्षेत्रलाई विद्युतीय प्रणालीमा आधारित बनाउने पनि योजना आयोगको मस्यौदामा उल्लेख छ
गेम चेन्जर योजना स् अन्तर सम्बन्धित क्षेत्र
मर्यादित र उत्पादनशिल रोजगारी, उत्पादनका साधनमा पहुँच र स्वामित्व, सामाजिक सुरक्षा लगायतका योजना यसमा समेटिएका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा संरक्षण कार्यक्रम लगायतका योजनालाई गेम चेन्जरको रुपमा आधारपत्रको मस्यौदामा राखिएको छ ।
हाम्रा योजना कागजमा मात्रै हुने छैनन् स् उपाध्यक्ष कँडेल
विगतमा पनि यस्ता थुप्रै योजनारपरियोजना आए, तर कागजमा मात्रै । पन्ध्रौं पञ्चवर्षीय आयोजनाले पनि ठूला योजना त उल्लेख गर्यो, तर कार्यान्वयन होला त रु उज्यालो अनलाइनको प्रश्नमा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा। पुष्पराज कँडेलले भन्नुभयो, ‘तपाईंहरुले पनि अलि फरक ढंगले बुझ्नुपर्यो, पोहोरसम्म त हामी नयाँ व्यवस्था र स्थायित्वको लागि लडिरहेका थियौं, विकास निर्माण नहुनु सामान्य थियो, तर अहिले हामी निकै फरक स्थानमा छौं, योजनाहरु पूरा नहुनको लागि हामीसँग बहाना छैनन् ।’
उपाध्यक्ष कँडेलले पछिल्लो तीन वर्षमा औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर भएको, विद्युत नियमित भैरहेको, विदेशी लगानी बढेको, शान्ति सुरक्षा मजबुत भएकोलगायतका कारण योजना कार्यान्वयनका आधार भएको दावी गर्नुभयो । ‘अब हामी पेपरमा योजना बनाएर मात्रै पञ्छिने अवस्थामा छैनौं, कार्यान्वयन हुने योजना सिफारिस गर्छौं, त्यसको लागि लगानी जुटाउने काम सरकारको हो’ उहाँले भन्नुभयो ।
– उज्यालो अनलाईनबाट
२०७५ फागुन २६ गते आइतवार ११:४० बजे प्रकाशित