स्वतन्त्र मधेश गठबन्धनका नेतासिके राउत मूलधारको राजनीतिमा आउँदै
काठमाडौँ । मधेशलाई अलग राज्य बनाउने भन्दै हिडेका सिके राउत मूलधारको राजनीतिमा आउने भएका छन् । शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री केपी ओलीसहित उपस्थित हुने कार्यक्रममा राउतले मूलधारको राजनीतिमा आउने घोषणा गर्दैछन् ।
प्रधानमन्त्री ओलीले सिके राउतसँग एउटै मञ्चबाट राष्ट्रिय सभागृहबाट सम्बोधन गर्नेछन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले राष्ट्रिय महत्वको कार्यक्रम रहेको र यसका लागि सम्बोधन गर्न प्रधानमन्त्री जान लागेको कान्तिपुरसँग बताए। प्रधानमन्त्रीका सल्लाहकार अर्यालले मिडियालाई प्रत्यक्ष प्रशारणका लागि आह्वान समेत गरेका छन्।
राउतको विषयमा निर्णय गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ। बैठकले राउतको विषयमा धारणा बनाउनेछ। प्रधानमन्त्रीले गर्ने सम्बोधनको विषय पनि बैठकले तय गर्नेछ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिउँसो १ बजे हुन गइरहेको ुराजनीतिक सहमतिघोषणा कार्यक्रमु को व्यानर ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।
राउतले झण्डै एक दशकदेखि मधेश छुट्टै प्रदेशको अभियान चलाएका थिए। यसका लागि उनले लडाकु दस्ता समेत तयार पार्न थालेका थिए।
मुलुक नै टुक्राउने अभियान चलाएका कारण उनी पटक(पटक पक्राउ परेका थिए। बिहीबारमात्र अदातलले उनलाई छाड्ने आदेश दिएको थियो।
२०७५ फागुन २४ गते शुक्रवार १४:१८ बजे प्रकाशित