"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

संसदीय सुनुवाइ समिति बैठक स् चार आयोगका अध्यक्षको नाम अनुमोदन

काठमाडौँ ।संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संबैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, डा विजयकुमार दत्तलाई मधेशी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि परिषद्ले समितिमा पठाएको थियो । बालानन्द पौडेल र शान्तराज सुवेदीको सिफारिसमाथि यस अघि नै सुनुवाई भइसकेको थियो ।

कांग्रेस नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संबैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै समितिमा रहेका कांग्रेसका सांसदहरु भने बैठकमा उपस्थित भएनन् ।

२०७५ फागुन २१ गते मंगलवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु