"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ठगी मुद्दामा फरार अभियोगी १५ बर्षपछि पक्राउ

प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ बर्षपछि पक्राउ गरेको छ ।काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि विदुरराज गिरी फरार भएका थिए । फैसला कार्यान्वयनको शिलशिलामा शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।

२०७८ असोज २ गते शनिवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु