कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खेल्यो: अध्यक्ष ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खलेको बताएका छन् । उनले प्रदेशमा सरकार पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको बताउँदै प्रदेशमा बलमिच्याइ भएको बताए ।
उनले भने, ‘कोशी प्रदेशमा गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइ गरेर फोहोरी राजनीति गरिरहेका छन् ।’
गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोजेको उनको आरोप छ । गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै पहिचानबाट राजनीति नहुने उनले बताए । सबै जातजाति मधेसी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने बताउँदै सबै जातजातिलाई सम्मान गर्नुपर्नेउनले बताए ।
२०८० भदौ १० गते आइतवार २०:०५ बजे प्रकाशित