"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कांग्रेस नेता उद्धव थापा बने कोशी प्रदेशका मुख्यमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता उद्धव थापा कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकिकर्त समाजवादी र जसपाकाे समर्थनमा उनी मूख्यमन्त्री बनेका हुन् ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

४७ सदस्यको समर्थनमा दाबी पेस गरेका उनलाई खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापाका लागि नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टीका एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहेको थियो।

२०८० असार २१ गते बिहीवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु