"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

महँगीले सिमा नाघ्यो : उद्योग र होलसेलवालाले आफूखुसी मूल्य बढाए, अनुगमनकाे नाममा जागिर खाने मेसो मात्रै

काठमाडौँ । एक सातायता खाद्यान्न लगायत जुनसुकै सामानको पनि मूल्य बढेको छ । मुल्य बढ्नुपर्ने कुनै कारण नभए पनि खाद्यान्नको मूल्य बढेको हाे ।

नेपाल अन्डा उत्पादक संघले मागअनुसार आपूर्ति नभएको भन्दै अन्डा प्रतिक्रेटमा १५ रुपैयाँ मूल्य बढाए भने प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासु ३ सय १० रुपैयाँ पुर्याए ।

त्यस्तै खाने तेल, दाललगायतका अत्यावश्यक वस्तुको मूल्य प्रतिलिटर र किलोमा १० रुपैयाँसम्म बढेको छ ।

यता दैनिक उपभोग्य सामानको भाउ बढेको बढै छ तर नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार हस्तक्षेपमा चासो दिएको छैन । मूल्य बढेको सन्दर्भमा विभागलाई जानकारी गराउन खोज्दा महानिर्देशकले समय नदिएको व्यवसायीको गुनासो छ ।

दाल र तेलमा मूल्य बढ्नुपर्ने कारण नभएपनि उद्योग र होलसेल व्यवसायीले आफूखसी मूल्य बढाएका छन् ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको अनुसार आयातकर्ताले होलसेलमै मूल्य बढेको बताउँदै आएका छन् । संघका अध्यक्ष श्रेष्ठले भने, ‘होलसेल व्यवसायीले भने मिलले बढाएको दाबी गर्छन् । सरकारले अनुगमन गरे पनि खुद्राबाहेक ठूलालाई गर्दैन । यसले खुद्रा व्यापारीलाई गाह्रो भएको छ ।’ सरकारी अनुगमन देखाउनका लागि मात्र हुने गरेको उनको भनाइ छ ।

एक साताको अवधिमा मासको दालमा प्रतिकिलो २० रुपैयाँ बढेर १६० रुपैयाँ पुगेको संघले बताएको छ । प्रतिकिलो मुङमा २० रुपैयाँ बढेर १८०, रहरमा १० रुपैयाँ बढेर १५० र मुसुरोमा १० रुपैयाँ बढेर १ सय रुपैयाँ पुगेको छ । आटा मौदामा किलोमा ५ रुपैयाँ मूल्य वृद्धि भएको भने खाने तेल प्रतिलिटर १० रुपैयाँ बढेको छ ।

अनुगमनका नाममा जागिर खाने मात्रै काम भइरहेको विभागका अधिकारीहरू बताउँछन् । ‘अनुगमन सुस्त र पारदर्शी नभएको बताए । अनुगमन गरेपछि फाइल थन्काउने काम मात्रै भएको ती अधिकारीहरुको भनाई छ ।

२०७६ पुस २० गते आइतवार १०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु