सवारी चालकहरुलाई जानकारी : अबदेखि गाडी चलाउँदा चप्पल लगाउन नपाइने
काठमाडौँ । मुलुकमा भएको दुर्घटना न्यूनिकरण गर्न यातायात व्यवस्था विभागले सवारी साधन चलाउँदा चप्पल लगाउन नपाइने व्यवस्था गरेको छ । विभागले जारी गरेको सूचनामा सवारीसाधन चलाउँदा चालकलाई अनिवार्य जुत्ता लगाउन आग्रह गरेको हो ।
त्यस्तै चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न समेत प्रतिबन्ध लगाएको छ । सिसा नै ढाक्नेगरी कुनै सामग्री टाँस्दा र झुण्ड्याउँदा सडकमा भएको बस्तु नदेख्दा दुर्घटना भएको विभागको ठहर छ । यसबाहेक क्याबिनमा सजावटका सामान र म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ । अझ लामो दूरीको यात्रुबाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने व्यवस्था गरेको छ ।
लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा प्रयोग हुने रिसोलिङ गरेको टायरसमेत अगाडि राख्न पाउने नियम बनाएको छ ।
२०७६ पुस १९ गते शनिवार २०:१९ बजे प्रकाशित