गान्धीको समय प्रेम
महात्मा गान्धी समयको पालनामा निकै इमानदार थिए । उनी आफू पनि समयको पालना गर्थे भने अरूबाट पनि त्यस्तै अपेक्षा गर्थे । उनी जहाँजहाँ जान्थे, तोकिएको समयमै पुग्थे । उनको आश्रमको दैनिकी पनि समय तालिकाअनुसार नै चलिरहेको हुन्थ्यो । त्यसमा कत्ति पनि तलमाथि हुँदैनथ्यो । उनका कार्यक्रम यति नियमित हुन्थे कि तिनैलाई हेरेर आश्रमका कर्मचारी या सहयोगीले ठीक–ठीक समय बताउन सक्थे । यतिसम्म कि उनीहरू गान्धीको कार्यक्रम र उनको उपस्थितिलाई हेरेर आआफ्नो घडीको समयसमेत मिलाउने गर्थे ।
गान्धी–आश्रममा साँझ–बिहान नियमित प्रार्थना हुने गथ्र्यो । हरेक प्रार्थनामा गान्धी ठीक समयमै अनिवार्य उपस्थित हुन्थे । उनी जहाँ बस्थे, त्यहीँ प्रार्थना हुन्थ्यो र गान्धी त्यहाँ उपस्थित हुन्थे । यो उनको दैनिकी नै थियो । एक दिन दिउँसोको समयमा गान्धी गुजरात विद्यापीठमा आयोजित एक कार्यक्रममा सहभागी भए । कार्यक्रम केही लम्बिएकाले उनले त्यहाँ बढी समय बिताउनुप¥यो । जसले गर्दा उनलाई साँझको प्रार्थनासभामा पुग्न ढिलो भयो । प्रार्थना गर्ने समय सुरु हुनै लागिसकेको थियो । उनी त्यहाँ समयमै पुग्न कठिन थियो । उनीसित कुनै साधन पनि थिएन । त्यसैले, उनी बडो समस्यामा परे ।
गान्धीले यसो यताउता हेर्दा नजिकै एउटा साइकल लडिरहेको देखे । त्यसैलाई उठाएर तीव्र गतिमा चलाउँदै उनी ठीक समयमै प्रार्थना स्थलमा पुगे । आश्रम पुगेपछि उनले एक सहयोगीलाई साइकल विद्यापीठमा पुर्याउन लगाए र आफूचाहिँ प्रार्थना–सभामा सहभागी भए ।
२०७६ फागुन २ गते शुक्रवार १२:३६ बजे प्रकाशित