"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अनलाइन खेलमा १५ वर्षीय बालकले जिते १२ करोड पुस्कार

एजेन्सी । बेलायतमा एक १५ वर्षीय बालकले अनलाइन खेल खेलेर करिब १२ करोड बराबरको पुरस्कार जितेका छन् । जेडन एशमैनले ुफर्स्ट फोर्टनाइट वर्ल्ड कपुमा दोस्रो स्थान प्राप्त गर्दै उक्त रकम जितेका हुन् । फोर्ट नाइट एक अनलाइन बैटल गेम हो । संसारभरमा यो खेल २५ करोडभन्दा बढी मानिस खेल्छन् ।

जेडनले यो खेल डच सहयोगी डेवे जोङसँग खेलेका थिए । दुवैले करिब २४ करोड पुरस्कार पाएका थिए । पुरस्कार पाएपछि जेडनले भने, ुमेरी आमा धरै जसो मसँग रिसाउनु हुन्थ्यो । उहाँलाई लाग्थ्यो कि म कोठामा बसेर ८(८ घण्टा गेम खेल्थे । म आफ्नो समय बर्बाद गरिरहेको थिएँ । एक पटक आमाले रिसमा एक्सबक्स ९भिडियो गेमको कन्ट्रोलर० फुटाइदिनु भएको थियो ।ु

यो अनलाई गेम करिब तीन दिन चल्यो । यसको आयोजना न्यूयोकरको टेनिस स्टेडियममा गरिएको थियो । यसमा एक महिनाको अवधिमा सय जना खेलाडी चुनिएका थिए । जसमा १२ देखि ४० वर्षका खेलाडी सहभागी रहेका थिए ।

२०७६ साउन १४ गते मंगलवार १६:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु