"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शिलप्याक सिलिन्डर रित्तो, कोशी ग्याँस उद्योगलाई २ लाख जरिवाना

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको शिलिन्डरमा ग्याँस नभरेको पाइएपछि मोरङको बुढिगंगास्थित कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बुढीगंगा गाउँपालिका–४ नेमुवास्थित कोशी ग्याँस उद्योगलाई आइतबार वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।

उद्योगले बिक्रीका लागि बजारमा पठाएको शिलप्याक शिलिण्डरमा ग्यास नभएको आइतबार भेटिएको थियो । विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेको शिलप्याक सिलिन्डरमा ग्यास नभएको भेटिएको हो ।

शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिन्डरमा ग्यास नै नभरेको भेटिएको छ । उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेकी थिइन् ।

२०८० असोज ७ गते आइतवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु