बिहीबार रातिदेखि परेको हिमपातले खाद्यान्न आपूर्तिमा रोक, जनजीवन अस्तव्यस्त

हुम्ला । बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । यसबाट यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
दक्षिण र उत्तरी भेगमा आवतजावत पनि रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताउनुभयो । यसैबीच प्रजिअ गिरीले मृतकका परिवार र सुत्केरीलाई क्रमशः डेढ क्विन्टल र २० केजी चामल आज प्रदान गर्नुभयो ।
२०७७ माघ २३ गते शुक्रवार १७:३६ बजे प्रकाशित