"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो

विराटनगर । नेपालमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिकाका १ वृद्ध रहेका छन् ।

विराटनगर९५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको थियो ।

यसैबीच प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यसहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ मा बस्दै आएका आचार्यका परिवारका अन्य २ सदस्यमा समेत संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

२०७७ साउन १९ गते सोमवार १९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु