"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सेती प्रादेशिक अस्पतालमा कोरोनाको आशङ्का गरिएका ५५ वर्षीय पुरुषको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पु¥याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए ।

उनलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान मृत्यु भएको खबर आएको छ, डा पाण्डेयले भने, “कोरोनाको पोजेटिभ हो÷होइन भन्नेबारेमा यकिन हुन बाँकी छ ।” भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस हुनु भएपछि उनलाई उपचारका लागि अस्पताल पु¥याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

उपचारका क्रममा शुरुमा उनलाई अस्पतालको आकस्मिककक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । कोभिड–१९को डेडिकेटेड अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको ‘कोरोना पोजेटिभ’ आइसोलेसन वार्डमा छ जना सङ्क्रमित उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

२०७७ जेठ १४ गते बुधवार १५:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु