"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

खुल्यो ‘कपडा बैंक’ : गरीबलाई सित्तैमा

झापा । लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ ।

सामाजिक कल्याणकारी सोच राखेर झापामा यस्ता ‘कपडा बैंक’ यसै साता तीन ठाउँमा सञ्चालनमा आएका छन् । विर्तामोड, दमक र भद्रपुर नगरपालिकामा खुलेका यी बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ ।

सामाजिक सेवामा क्रियाशील रोटरी क्लब, लायन्स क्लबलगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । भद्रपुरमा तीन दिनअघि र दमकमा एक सातादेखि खुलेको यस्तो नौलो बैंकमा कपडा छानीछानी लैजान खासगरी मजदूर वर्गका व्यक्ति धेरै सङ्ख्यामा झुम्मिने गरेका छन् ।

‘कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टुलगायतका तयारी कपडा राखिएको छ । सित्तैमा पाइने ती कपडा लिन गरीब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् ।

२०७६ भदौ १२ गते बिहीवार १०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु