"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुदूरपश्चिमको लक्ष्य शिक्षा मार्फत जनचेतना

धनगढि । २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएको सुदुरपश्चिम सरकारले बालबिबाह उन्मूलनमा लगानी गर्ने भएको छ । ‘सानै छु म बढ्न देउ, बालबिबाह होइन पढ्न देउ’ अभियान सञ्चालन गर्ने योजना बनाएको सरकारले दार्चुला र बाजुराबाट यो अभियान संचालनको घोषणा गरेको छ ।

नूमना कृषि गाउँ आफै बनाउँ अभियानका लागि आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहमा ५० लाखको दरले रकम अनुदान दिने घोषणा गरिएको छ । कञ्चनपुरमा जिल्लामा भैंसी फाम सञ्चालन गर्न ४ करोड विनियोजन गरेको प्रदेश सरकारले एक स्थानीय तह एक औद्योगिक उत्पादनलाई निरन्तरता दिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदानको घोषणा गरेको सरकारले विद्यालय सहयोगीलाई वार्षिक १० हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ । यस कार्यक्रमबाट ३५८० विद्यालय सहयोगी लावान्वित हुने भएका छन् ।

आधारभूत स्वास्थ्य सेवा सदृढीकरण गर्न ८८ वटै स्थानीय तहलाई ५ लाखको दरले अनुदान दिने घोषणा पनि गरिएको छ । ९ आयोजनालाई प्रदेश गौरवका आयोजना घोषणा गरी ४२ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

२०७६ असार २ गते सोमवार १३:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु