"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश ५ का जेष्ठ नागरिकलाई घरमै उपचार

बुटवल । समृद्ध प्रदेशः खुसी जनता नारासहित प्रदेश नं ५ सकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि ८ प्रतिशत अनुमान गर्दै सरकारले बजेट सार्वजनिक गरेको हो ।

व्यवसायिक कृषिलाई प्राथमिकता दिएको सरकारले कृषकलाई ब्याजमा नगद अनुदान दिन १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिकर्मी रोजगार कार्यक्रम घोषणा गरेको सरकारले व्यवसायिक खेती प्रोत्साहन गर्न चक्लाबन्दीसहितको नमुना फार्म स्थापना गर्ने भएको छ । एक निर्वाचन क्षेत्र एक औद्यागिक ग्राम बनाउने भन्दै सरकारले ३ वर्ष भित्र सबै स्थानीय तहमा उद्योग ग्राम स्थापना गरिसक्ने बजेट वक्तब्यमा उल्लेख छ ।

भैरहवादेखि लुम्बिनीसम्म मोनारेल, स्वर्गद्धारीमा कुेवलकारसहित १२ आयोजनामा लगानी जुटाउने योजना सरकारको छ । ८४ वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई घरमै नियमित स्वास्थ्य सेवा, सबै जिल्ला सदरमुकाममा ब्लड बैंक स्थापना हुने गरी स्वास्थ्यमा प्रदेश सरकारले ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खानेपानीका ८२९ आयोजनालाई बजेट छुट्याएको सरकारले पाल्पाको रामपुरदेखि कपुरकोटसम्म जीवराज आश्रित कृष्णसेन मार्गलाई प्रदेश गौरवको आयोजना घोषणा गरेको छ ।

२०७६ असार २ गते सोमवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु