"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भाडादरका विषयमा महिलामाथि कुटपिट भएकोमा उपभोक्ताकर्मीको ध्यानाकर्षण

काठमाडौँ ।  कञ्चनपुरमा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि कुटपिट गरेको विषयमा उपभोक्ताकर्मीले नियमक निकायलाई शिघ्र अनुसन्धान गरि कारवाहि गर्न ध्यानाकर्षण गराएको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि दुव्र्यवहार गरेका हुन् ।

भाडाको विषयलाई लिएर भएको सामान्य विवादले उग्ररुप लिएपछि सवारी चालकले अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढाथापाले जानकरी दिए ।

उनका अनुसार धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेका हुन् ।
उक्त गाडीमा सवार अन्य यात्रुलाई समेत लागत भन्दा बढी भाडा मागेको गुनासोपछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको बताइएको छ ।

२०७६ जेठ १८ गते शनिवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु