"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश २ लाई धार्मिक पर्यटन करिडोरको रुपमा विकास गर्ने

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेकोे बताएका छन् । मंगलबार सिरहाको लहान वडा नम्बर १८ स्थित पकडिया गढको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले आयोजित ५ औँ पकडिया गढ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

उनले पकडिया विकासको लागि हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले पकडिया गढको वृहत डिपिआर तयार गर्न संरक्षण समितिसमक्ष आग्रह समेत गरे ।

अगामी आर्थिक वर्षमा प्रदेशको धार्मिक पर्यटकीय करिडोर निर्माणको कार्य शुरु हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले राजा सहलेशको गाथासँग जोडिएको पकडिया गढलाई पनि करिडोरभित्रै राखेर विकास कार्य अघि बढाउने उल्लेख गरे ।

२०७६ वैशाख ४ गते बुधवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु