"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दैनिक विद्युतभार कटौतीले उपभोक्ता चरम समस्यामा

डोटी । जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम राजपुर, पिपल्ला तथा दिपायलमा दैनिक भइरहेको विद्युत्भार कटौतीले उपभोक्ता मारमा परेका छन् ।

विशेषगरी यहाँका मिल तथा इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको केबी स्टिल तथा फर्निचर उद्योगका दिपायल पिपल्लाका व्यापारी कमरुद्दिन हुसेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक विद्युत् अनियमितताका कारण मिल तथा उद्योग व्यवसायी बढी मारमा परेका छौँ ।”

मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयले दु:ख पाइरहेको गुनासो विद्युत् प्राधिकरणमा जानकारी गर्दा पनि सुनुवाइ नभएको यहाँका व्यवसायीकोे आरोप छ । अघोषितरुपमा भइरहेको विद्युत्भार कटौतीले गर्दा यहाँ नागरिकको आक्रोस र गुनासो दिन प्रतिदिन बढिरहेको दीपक इलोक्ट्रोनिक तथा सप्लायर्सका प्रमुख दीपकबहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार साँझ र बिहानपख तालिका विना अघोषित विद्युत्भार कटौती हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् । विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रसारण हुन नसकेको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले जानकारी दिनुभयो

उहाँले भन्नुभयो, “दैनिक विद्युत् कटौतीले बैंकमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको छ, खाता खोल्नदेखि रकम भुक्तानीमासमेत समस्या हुने गरेको छ ।”

२०७८ साउन २९ गते शुक्रवार १७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु