"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कर्णालीमा एक महिनादेखि इन्टरनेट सेवा बन्द, उपभोक्ता समस्यामा

मुगु । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो । गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लााहरु सञ्चारविहीन भएका हुन् ।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको, पटकपटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खराबीका कारण लेख चढ्न नसकेर समस्या लम्बिएको, शुक्रबारबाट मौसममा सुधार आएकाले शनिबार प्राविधिक टोली महावु लेखमा पुगेकाले सम्भवतः सोमबारसम्म इन्टरनेट सेवा अवरुद्ध भएका जिल्लाहरुमा सेवा सञ्चालन हुनेछ ।

इन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंकहरु र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाशचन्द्र भामका अनुसार एडिएसएल इन्टरनेट नचल्दा बंैकमा सेवाग्राहीको भीड लाग्ने गरेको, बैंकका सबै प्रणाली चलाउन समस्या भएको बताउछन् । उनी बैंकमा बचत, लगानी र भुक्तानी गर्न आउने उपभोक्ताका लागि बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट चलाए पनि भिस्याटको गति सुस्त हुँदा समस्या भएको बताउछन्।

२०७६ माघ १२ गते आइतवार १५:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु