"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उत्पादक र उपभोक्ता जोड्दै टोल विकास संस्था, उत्पादकले निर्धारण गरेकै मूल्यमा तरकारी बेच्दा उपभोक्ता लाभान्वित 

कास्की । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जनजीवन प्रभावित भइरहेका बेला यहाँका टोल विकास संस्थाले उत्पादक र उपभोक्तालाई जोड्न क्रियाशील भएका छन् ।

पोखरा–७ स्थित विभिन्न तीन वटा टोल विकास संस्थाले उत्पादक र उपभोक्तालाई जोड्न क्रियाशील भएका हुन् । लकडाउनको कारण देखाउँदै बजारमा अनावश्यकरूपमा चर्को मूल्य बढाइरहेको वर्तमान अवस्थामा उत्पादकले निर्धारण गरेकै मूल्यमा तरकारी बेच्दा टोल छिमेकका उपभोक्ता लाभान्वित भएका छन् । अहिलेको अवस्थामा सर्वसाधारण समस्यामा परिरहेको यथार्थलाई दृष्टिगत गर्दै हेमजामा उत्पादित आलु र गोलभेडा पोखराको तीनकुनेचोक, प्रगति र राधाकृष्ण टोल विकास संस्थाले आप्mना उपभोक्तालाई सर्वसुलभरूपमा बिक्री वितरण गर्दै आएका छन् ।

“लकडाउनका कारण बजारमा जथाभावी मूल्य लिँदा सर्वसाधारण मारमा परेका छन्”, तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले भने, “यो अवस्थासमेतलार्ई हेर्दै हेमजामा उत्पादित आलु र गोलभेडा कृषककै मूल्यमा टोल छिमेकमा घुुम्ती सेवामार्पmत बिक्री वितरण गर्दै आएका छाँै ।” अप्ठ्यारो परेको बेला आप्mना लागि मात्र सोच गर्ने नभइ सिङ्गो समाजलाई सहयोग गर्नुपर्दछ भन्ने सोचका साथ अभियान शुरु गरिएको बताउँदै उनले अहिलेसम्म एक हजार ४०० केजी आलु र ४०० केजी गोलभेडा उपभोक्ताको भान्छामा पु¥याउन सफल भएको जानकारी दिए ।

टोलका अन्य चोकहरुमा समेत घुम्तीरूपमा उपभोक्तालाई सुपथ मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै उनले प्रतिउपभोक्तालाई साढे दुई केजी आलु र सोही परिणाममा गोलभेडा बिक्री गर्दै आएको बताएयो । प्रगति टोल विकास संस्थाका अध्यक्ष प्रकाश भुजेलका अनुसार हेमजामा उत्पादित ताजा आलु र गोलभेडा प्रतिकेजी रु ४० मा उपभोक्तालाई बिक्री गरिँदै आएको छ ।

बिहानै चोकमा ताजा तरकारी खरिद गर्न उपभोक्ताको भीड लाग्ने गरेको बताउँदै उनले भने, “तरकारी खरिद र बिक्री वितरण गर्दा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सामाजिक दूरीलाई समेत विशेष ध्यान दिने गरिएको छ ।” बिक्री वितरणलाई व्यवस्थित गर्न टोलविकास संस्थाका पदाधिकारी एवं सदस्य तथा स्थानीय बासिन्दाको समेत सहयोग रहने गरेको अर्का राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष रुद्रनाथ अधिकारीको भनाइ छ ।

आलु गाउँको रूपमा परिचित हेमजाका कृषकले बारीमा उत्पादन गरेको आलु र गोलभेडा सङ्कलन गरी भ्यानमा राखेर पोखरा पठाउने गरेको बताउँदै स्थानीय दीपेन्द्र श्रेष्ठले भने, “हामीहरुको सानो प्रयासले कृषक र उपभोक्तालाई जोड्न पाउँदा खुशी लागेको छ ।” लकडाउनका कारण घरमै बस्नुपर्ने र बजार पनि बन्द भएसँगै आलु रु ६० र गोलभेडा रु १०० चर्को मूल्यमा खरिद गर्न बाध्य भएका थियौँ, अप्ठ्यारो परेको बेला टोल विकास संस्थाले सुपथ मूल्यमा तरकारी उपलब्ध गराउन पहल गरेको पोखरा–७ प्रगतिटोलकी सुनिता भुजेलले बताइन् । आलु र गोलभेडा खरिद गर्न आउने अधिकांश उपभोक्ताले पोखरा र आसपासमा उत्पादित साग, मुला, काक्रो, सिमीलगायतका अन्य ताजा तरकारीसमेत बिक्री वितरण गर्न सामूहिक धारणा राखेका छन् ।

२०७७ वैशाख ६ गते शनिवार १०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु