"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कञ्जुमर आई नेपालको शाखा विस्तार

पोखरा । कञ्जुमर आई नेपालले कास्की जिल्ला शाखा विस्तार गरेको छ । अधिवक्ता तथा वरिष्ठ समाजसेवी लिलाबल्लव न्यौपानेको अध्यक्षतामा, गिता सुवेदी वराल उपाध्यक्ष, विष्णु प्रसाद अधिकारी महासचिव, भुपराज पोखरेल कोषाध्यक्ष तथा सदस्यहरु विष्णु प्रसाद पौडेल, अनिशा नेपाली, उषा गोशली, कृष्ण कुमार श्रेष्ठ, पवित्रा केसि लगायतको नौ जना पधादिकारी रहेको शाखा गठन गरेको छ । उपभोक्ताका हक अधिकारको रक्षार्थ र जनचेतना अविवृद्धि गर्ने उद्देश्य सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत सुचिकृत भएको संस्थाका अध्यक्षले जानकारी गराउनु भयो ।

२०७६ साउन ७ गते मंगलवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु