"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पोखरामा असार १३ र १४ गते, प्रदेश युवा सम्मेलन हुदै

पोखरा । “उद्यमी युवा समृद्ध देश,दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ युवाहरुको क्षेत्रमा काम गर्दे आएको संस्था नेपाल युवा परिषद्ले, गण्डकी प्रदेश स्तरीय युवा सम्मेलन गर्ने भएको छ । यही असार १३ र १४ गते पोखरामा हुन लागेको सम्मेलनमा ११ जिल्लाका १८ देखि ३० बर्ष उमेर समुहका २०० जना युवाहरु सहभागी हुने छन ।

स्थापनाकाल देखि नै उक्त परिषद्ले विभिन्न सम्मेलनहरु गर्दै युवाहरुको उद्यमशिलता, सशक्तिकरण र दिगो विकासमा युवाहरुको प्रभावकारीतालाई जोडदार रुपमा अगाडि बढाएको छ । अहिले संविधानले सिर्जना गरेको, संघिय संरचना अनुसार सात वटै प्रदेश र केन्द्रमा राष्ट्रिय सम्मेलन पनि गर्दै छ । सुदुरप्रदेशबाट सुरु भएको प्रदेश सम्मेलन कम्रश सबै प्रदेशमा गर्ने र दिगो विकास, उद्यमशिलता, सशक्तिकरण जस्ता अति महत्वपूर्ण विषयवस्तुमा रचनात्मक रुपमा प्रस्तुती गरेको परिष्दका अध्यक्ष सरोज बानियाँले बताए ।

देशको करिव ४१ प्रतिशत जनसंख्या ओगटेको युवाहरुको नेतृत्व विकास गर्नुका साथै समग्र देशको विकासमा टेवा पुर्याउने उदेश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो । देशका विभिन्न जिल्लाका क्रियाशील युवाहरु संग सहकार्य गर्दे युवा परिषद्ले देशका ७७ वटा जिल्ला र ७ वटै प्रदेशका युवाहरु संग काम गरिरहेको छ ।

उक्त सम्मेलनमा विभिन्न विषयमा विज्ञता हासिल गरेका विज्ञहरुले समकालिन विषयवस्तुमा कार्यपत्रको प्रस्तुती पनि दिनेछन् । साथै प्रदेशमा विकासका संभावना र समस्याहरुका लागि युवाहरु र सरोकारवाला निकाय संग अन्र्तक्रिया गर्दै कार्ययोजना निमार्ण गरिने हुदा युवाहरुका लागि यो ज्यादै महत्वपूर्ण रहेको पाईन्छ ।

उनका अनुसार सम्मेलनको तयारी तिब्र गतिमा भईरहेको छ । सम्मेलनमा सहभागीताको लागि गण्डकी प्रदेश अन्र्तगतका ११ वटै जिल्लाका २०० सय जना युवाले नाम दर्ता गराई सकेको पनि संयोजक मोनीका रानाभाटले हामिलाई जानकारी दिइन।

२०७६ असार ४ गते बुधवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु