"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

लेबल अपूर्ण र न्यूनस्तर आठ खाद्य फार्मका सञ्चालकलाई कारवाही प्रक्रिया

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । ती उद्योगबाट उत्पादित खाद्यान्नको नमूनामा मापदण्डविपरीत (प्रतिकूल) भेटिएकाले खाद्य ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रियामा रहेकामध्ये तीन उद्योगविरुद्ध मुद्दा दायर, चार मुद्दा प्रक्रियामा र एक मुद्दामा सञ्चालकलाई बयान लिएको पाइएको हो । चालु आवको हालसम्म कपदही, चामल र दहीको तीन नमूना परीक्षण गर्दा लेबल अपूर्ण र न्यूनस्तर पाइएकाले मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी सिर्जना महर्जनले जानकारी दिनुभयो ।

दूध तथा दुग्ध पदार्थ, तेल तथा घ्यूजन्य, फल तथा सागपात, मसला, चियाकफी, नुन, खाद्यान्न÷दलहनजन्य, प्रशोधित पिउनेपानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य, दानालगायतको ६६ नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । सतीमध्ये आठ वटामा प्रतिकूल वा मापदण्डविपरीत देखिएपछि तीन नमूनामा मुद्दा, चार नमूना मुद्दा प्रक्रियामा र एक बयान लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिनुभयो ।

कार्यालयमा दोस्रो चौमासिकसम्म विभिन्न शीर्षकमा रु तीन लाख ३२ हजार ७५० राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु पाँच लाख ४० हजार ७६० राजस्व सङ्कलन भएको र बेरुजु नरहेको कार्यालयले जनाएको छ । कार्यालयले आवश्यकतानुसार कार्यक्षेत्रमा अनुगमन, खाद्य तथा दाना नमूना सङ्कलन तथा विश्लेषण, सूचना सन्देश प्रचारप्रसार, खाद्य तथा दाना अनुज्ञापत्र सिफारिस तथा जारी र नवीकरणका काम गर्दै आएको छ ।

कार्यालयका अनुसार खाद्य स्वच्छता अभियानमा होटल लोगो स्तरीकरण तथा नवीकरण, सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम र दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिँदै आएको छ । सो अवधिमा कार्यालयले विभिन्न खाद्य समूहका ३५ अनुज्ञापत्र जारी, ४३ नवीकरण, ११० सिफारिस गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो ।

नेपालको तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत विसं २०३२ मा क्षेत्रीय खाद्य प्रयोगशालाको नामबाट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्र परिसरमा यस कार्यालयको स्थापना भएको थियो । क्षेत्रीय कार्यालयहरुको अवधारणाअनुरुप नेपाल सरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत देशका पाँचै विकास क्षेत्रमा रहेका तत्कालीन क्षेत्रीय प्रयोगशालाको पुनः नामाकरण २०६० मङ्सिर ४ को मन्त्रिपरिषद् र २०६० चैत २३ को सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रूपमा नामाकरण भई कार्यसञ्चालन गर्दै आएको थियो ।

तत्कालीन क्षेत्रीय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको कार्यक्षेत्रअन्तर्गत धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी नौ जिल्ला रहेका थिए । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र चितवन गरी छ जिल्लामा खाद्य निरीक्षक एकाइसमेत स्थापित भई कार्यसञ्चालनमा रहेका थिए । विसं २०७५ असार ३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट विभागको पुनःसंरचना तथा विस्तार भई हाल यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका रूपमा कायम छ ।

कार्यक्षेत्रअनुसार कार्यालयले खाद्य तथा दाना स्वच्छता तथा गुणस्तर नियमन खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारिस, अनुज्ञापत्र जारी तथा निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी तालिम, प्रचारप्रसार, खाद्य तथा दाना उद्योग÷बजार निरीक्षण, नमूना सङ्कलन र कारवाही, होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी उपभोक्ता शिक्षा तथा जनचेतना, खाद्य स्वच्छतासम्बन्धी दिवस, चाडपर्व, मेला लक्षित विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

२०७७ चैत ५ गते बिहीवार १८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु