"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल आयल निगमको निर्देशन पछि उपभोक्ताकाे घरघरमा ग्यास

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ । ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ ।

नेपाल आयल निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ । ग्यास बिक्रेताले ठेलामा राखेर घरघरैमा ग्यास पु¥याएको उपभोक्ताले बताएका छन् ।

हाल हेटौँडामा नारायणी, नेपाल, मनोज, कोशी र त्रिशूल लगायत ग्यास बिक्रीवितरण हुने गरेको छ । कोरोनाको कारणले ग्यास आयात नभई अभावको समस्या हुने आशङ्कामा उपभोक्ताले अत्यधिक सिलिन्डर सञ्चय गरेका कारणले समस्या आएको नारायणी डिलर ग्यासका सञ्चालक रामप्रसाद भण्डारीले बताए ।

निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीले उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध भइरहेको छ भने । रक्सौल नाकाबाट दैनिक ग्यास बुलेट आउने गरेको उनको भनाइ छ ।
यसैबीच कोरोना भाइरसबाट सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा पारेको छ ।

२०७६ चैत २२ गते शनिवार १३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु