"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते बुधबार दिनको १ बजे बस्ने छ ।

२०७८ साउन २६ गते मंगलवार १५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु