"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मूल्यवृद्धिबारे बोल्यो नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ

काठमाडौं, तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरु प्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघ आज एक विज्ञप्ती जारी गर्दैै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भएपनि कोरोनाभाइरसको महामारीका कारण र विश्व राजनीतिमा आएका उतारचढावका कारण तेलको मूल्यमा बृद्धि हुन गएको स्पष्ट पारेको छ । संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा बृद्धि हुन गएको जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘खाने तेल उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ ।’

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘विगत करीव १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना भाइरसको महामारी तथा राजनीतिक उतारचढावका कारण तेलको मूल्यमा समेत अस्वभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मूल्यवृद्धि नै रहेको छ ।’

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय बजारमा वितरण तथा निकासी समेत गर्दै आइरहेका छन । यी उद्योगहरूले अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्दै आइरहेका छन् ।

२०७८ जेठ १८ गते मंगलवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु