"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

अस्पतालको बेडबाट लडेर कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा एक संक्रमित महिलाको बेडबाट लडेर मृत्यु भएको छ । सिरहा, गोलबजारकी ५५ बर्षीया संक्रमित महिलाको अस्पतालको बेडबाट लडेर सोमबार राति मृत्यु भएको हो ।अस्पतालमा उपचाररत ती महिलाको मृत्युपछि परिवारले शव परिवारले शव बुझ्न मानेका छैनन् ।

मृतक महिलाको ज्वाँई धननारायण श्रेष्ठले अस्पतालले सोमबार साँझ ७ बजे कोभिड युनिटमा उपचारका क्रममा बेडबाट लगेर मृत्यु भएको जानकारी गराएको बताए ।तर उनले उपचारमा रहेको बेडबाट लडेर अस्पतालमै कसैको मृत्यु हुनुलाई समान्यरुपमा लिन नसकिने बताए ।

‘सासु आमाको मृत्युको घटना रहस्यमय छ’श्रेष्ठले अस्पतालको बेडबाट बिरामी लडेर मृत्यु हुने कुरा पत्याउन सकिन्न्।’ घटनाको निष्पक्ष छानबीन हुनुपर्छ।आफुहरुले आमाको मृत्युको कारण थाहा पाउँन अस्पतालको सिसि क्यामेराको फुटेज हर्न पाउनुपर्ने उनले बताए ।

ज्पाँई श्रेष्ठका अनुसार सोमबार दिउँसो २ बजे काउन्सेलिङको क्रममा डाक्टरहरुले आमा बेडबाट लडेको जानकारी गराएको थिए । फेरि सोढ ३ बजे तिर नर्सले पुनः काउन्सेलिङमा लडेर नाक र निधार फुटेकोले आइसले सेकिरहेको भन्दै जानकारी दिएका थिए ।

अस्पताल प्रशासनले राती करिब साढे ७ बजेतिर अस्पतालले आमाको मृत्यु भएको परिवारलाई जानकारी उनले बताए । श्रेष्ठले भने,‘म यही छुँ, मलाई समयमा नै किन जानकारी दिइएन ? लड्नुको कारण के हो ? को जिम्मेवार हुने ? डाक्टर र नर्सहरु के हेरेर बस्यो ?’उनले घटनाको बारेमा अहिले अस्पताल प्रशासनसँग छलफल भइरहेको पनि बताए ।
मृतकलाई सुगर बढेपछि परिवारजनले जनकपुर अस्पताल लगेका थिए । त्यहाँबाट वीपी रिफर भएपछि धरान ल्याएका थिए । दुई दिन इर्मजेन्सीमा राखेपछि पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको र कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

जनकपुरमा कोभिड परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छोराको भनाई छ । कोभिड अस्पतलामा भर्ना हुँदा पनि आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको भनाई छ ।
प्रतिष्ठानको कोरोना अस्पतालको फोकल पर्सन डा विकास शाहले घटनाको बारेमा बुझ्ने काम भइरहेको बताए ।

रातको समयको घटना भएकाले आफूलाई पुरै जानकारी नभएकाले अहिले बुझन काम भईरहेको भन्दै उनले घटनाबारेमा थप खोल्न चाहेनन् । त्यसैगरी सहप्रवक्ता डा. चूडामणि पोखरेलले पटक–पटक घटनाका बारेमा प्रतिक्रिया लिन सम्पर्क गर्दा मोबाइल रिसिभ गरेनन् ।

२०७८ जेठ १८ गते मंगलवार ११:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु