"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेशमा रहेका ६६ हजार १९ जना नेपाली कोरोना संक्रमित

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् ।

गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ । यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सन्जिव सापकोटाले जानकारी दिए ।

शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा शनिवार साँझसम्म २ लाख ७९ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएकामध्ये ९७ दशमलव ९ प्रतिशत अर्थात २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

२०७७ चैत ३० गते सोमवार १४:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु