"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

जब चोभारमा एक्कासि लाग्यो डढेलो

काठमाडौँ, यतिबेला पूरै देश डढेलोबाट आक्रान्त छ । ७७ जिल्लामध्ये अधिकांश जिल्लामा डढेलोको कहर कायम छ । डढेलोकै कारण देशका विभिन्न भागमा वायु प्रदूषण चरम अवस्थामा पुगेको छ । शुक्रबार बिहान काठमाडौँको चोभारस्थित जंगलमा डढेलो लागेको छ । जंगलमा एक्कासि जंगलमा आगलागी शुरु भएको स्थानीयहरुको भनाइ छ ।

बिहान पहिलोपटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । दमकलले आगो निभाएर हिँडेको केही समयपछि पुनः सोही स्थानमा आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका छन् । पछिल्लोपटक लागेको आगोलाई भने स्थानीय आफैले मिलेर नियन्त्रणमा लिएका छन् । के कारणले आगलागी भएको हो खुल्न सकेको छैन ।

२०७७ चैत २७ गते शुक्रवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु