"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कुहिएको राहत चामल नगरपालिकालाई नै फिर्ता

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ ।

नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले बताए। “हामीले खानै नसक्ने सडेको चामल दिइएको छ, तौलमा पनि कम छ, सोयाबिनमा पनि कीरा परेको छ, हामीले कसरी खाने रु”, उनले भने ।

नगरपालिकाले पहिलो चरणमा दश किलोको दरले चामल वितरण गरेको थियो । त्यसमा पनि आधादेखि एक किलोसम्म तौलमा कमी भेटिएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाले राहतका नाममा मजदुर वर्गको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप स्थानीयवासी सुरेन्द्र कोहाँरले लगाए ।

राहतस्वरुप वितरण गरिएको चामल, स्वायबिन लगायत गुणस्तरहीन भेटिएपछि राहत पाएका रामग्राम–३,६ र ११ का अधिकांशले वडाध्यक्ष तथा नगरपालिकामा लगेर फिर्ता गरेका हुन् । नगरपालिकाले राहत वितरणमा गम्भीर त्रुटि गरेको आरोप समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लगाए ।

अवस्थामा सङ्कटको बेला फाइदा उठाउन खोज्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीेले माग गरे । नगरपालिकाले लकडाउनका कारण प्रभावित बनेका नगरका दुई हजार ३०० अतिविपन्न तथा मजदूर वर्गलाई बिहीबारदेखि पहिलो चरणको राहत वितरण थालेको हो । पहिलो चरणमा प्रतिपरिवार दश किलो चामल, एकएक किलो दाल र नुन, आधा किलो सोयाविन र दुई साबुनको दरले राहत वितरण गरिएको हो ।

नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले चामलको गुणस्तरमा गुनासो आएकाले आवश्यक जाँचबुझ अघि बढाइएको बताए। “यसमा त्रुटि भएको भए नैतिक रुपमा नगरपालिकाका तर्फबाट म जिम्मेवारी लिन्छु, यसलाई सुधार गर्ने प्रक्रिया हामी अगाडि बढाउँछौँ, बाँडेको सबै चामल आजै९शुक्रबार० नगरपालिकामा झिकाएर गुणस्तर जाँच गर्छौँ र गुणस्तर चामल वितरण गर्छौँ ।”

२०७६ चैत २९ गते शनिवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु