"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अध्ययन प्रतिवेदनसमेत गुपचुप, कर्मचारीमाथि कारबाही गर्नुको साटो पुरस्कृत

काठमाडौं ।  दुग्ध विकास संस्थान (डीडीसी)बाट डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको  छ ।

डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो।

डीडीसीको आन्तरिक लेखा परीक्षण विभाग (आलेप) ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महिना बितिसक्दा पनि दोषी कर्मचारीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गरिएको छ। डीडीसीले अध्ययन प्रतिवेदनसमेत गुपचुप राखेको छ।

डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ (फ्याट)गायब पारिएको छ। यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार पाँच सय मूल्यको १६ हजार पाँच सय किलो धुलो दूध तथा सात लाख ७५ हजार मूल्यको नौ सय किलो तयारी घिउ हिनामिना भएको छ।

अर्धतयारी घिउको बजार मूल्य प्रतिकिलो आठ सय रुपैयाँ, ठोस पदार्थको प्रतिकिलो पाँच सय ७५ र तयारी घिउको बजार मूल्य करिब आठ सय ५० रुपैयाँ पर्छ। डीडीसीका महाप्रबन्धक बैकुण्ठ अधिकारीले समेत बालाजु आयोजनाबाट ‘केही उत्पादन ठूलो परिमाणमा कमी भएको’ अवस्थामा फेला परेको स्वीकार गरे।

२०७६ माघ १५ गते बुधवार ०९:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु