"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्ताको भान्सा झन महँगियो, काठमाडौंको मूल्यवृद्धि नियन्त्रणबाहिर

काठमाडौं । भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको छ। गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रतिशत महँगिएको छ। यसको मतलब अघिल्लो साल १ सय रुपैयाँमा पाइने तरकारी किन्न यो वर्ष उपभोक्ताले १ सय ४२ रुपैयाँ खर्चनुपर्ने भएको हो ।

त्यसैगरि मसलाको भाउपनि उतिकै बढेको छ । मसलाको भाउमा १५ प्रतिशत बढेको छ भने मदिरा र सुर्तीजन्य वस्तुको मूल्य १० प्रतिशतले बढेको छ ।

फलफूलको मूल्य पनि साढे ८ प्रतिशतभन्दा धेरै बढेको छ। यसले भान्सामा आवश्यक अधिकांश वस्तुको भाउ आकासिँदा मानिसको जीवन निर्वाह खार्च बढ्छ। राष्ट्र बैंकले उपभोग्य वस्तुको थोक मूल्य नै २० प्रतिशतभन्दा धेरै महँगिएको बताएको छ। तर खानेकुरा, पेय पदार्थ र सुर्ती चुरोटको मूल्यवृद्धि २४ प्रतिशत हाराहारी छ।

निर्माण सामग्री, पेट्रोलियमलगायत ‘मध्यवर्ती वस्तु’ र औद्योगिक कच्चा पदार्थको मूल्यवृद्धि कम भएकाले औसत मूल्यवृद्धिको दर ९मुद्रास्फीति० भने ६।५५ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ। यो पनि सरकारी अनुमानभन्दा धेरै हो।

पछिल्ला दिनमा सिमेन्ट, छड र पेट्रोलियम पदार्थको मूल्य पनि बढ्न थालेका छन्। पुस महिनाको तथ्यांक सार्वजनिक हुँदा मूल्यवृद्धि अझै बढ्ने सम्भावना रहेको पाइन्छ ।

राष्ट्र बैंकका प्रवक्ता डा।गुणाकर भट्ट पनि मूल्यवृद्धि नियन्त्रण गर्न चुनौती बढेको बताउँछन्। ‘भारतले ४ प्रतिशतमा रोक्ने भनेको मुद्रास्फीति अहिले नै ७।३५ प्रतिशत पुगिसकेको छ’ ,उनले भने, ‘हाम्रो उपभोग्य वस्तु प्रायः भारतबाटै आयात हुने भएकाले उनीहरूको महँगिले हामीलाई पनि असर गरेको छ।’ मुलुकभित्रको उत्पादनले सबै नेपालीलाई बाँच्न नपुग्ने भएपछि यस्तो परिस्थित बनेको हो।

चामलदेखि तरकारी, मासुलगायत अधिकांश उपभोग्य वस्तु भारतबाट नै आयात हुने गरेको छ। भारतको अस्वाभाविक मूल्यवृद्धिका कारण यस्तो अवस्था आएको र मूल्यवृद्धि नियन्त्रण गर्न नसक्ने बिज्ञहरु बताउछन् ।

२०७६ माघ ६ गते सोमवार १०:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु