"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सदरमुकाममै बेचिन्छन् बिना इजाजत औषधि, हचुवाको भरमा औषधि बिक्री गर्दा उपभोक्ता मारमा

तनहुँ । दमौलीमा दाना तथा कुखुराका चल्ला सप्लायर्सहरुले बिनालाइसेन्स पशुपक्षीका औषधि बिक्री गर्दै आएका छन् । औषधि बिक्री वितरण गर्नका लागि औषधि व्यवस्था विभागबाट मान्यता प्रमाणपत्र लिनुपर्ने प्रावधान रहे पनि यहाँका अधिकांश दाना तथा चल्ला सप्लायर्सहरु बिनालाइसेन्स पशुजन्य औषधि बिक्री गर्दै आएका हुन् ।

व्यवसायीले हचुवाको भरमा औषधि बिक्री वितरण गर्दा रोग निराकरण हुन नसक्दा त्यसको मारमा स्वयम् कृषक पर्ने गरेका छन् । सम्बन्धित निकायहरुले यस्ता पसलहरुको अनुगमन कार्य नहुँदा मनोपली ढङ्गबाट औषधि बिक्री हुने गरेको एक कृषकले जानकारी दिए ।

अवैधानिक तरिकाले औषधि बिक्री वितरण गरेको भन्ने जनगुनासाहरु आएसँगै यस्ता पसलहरुको व्यासनगरपालिकाको अनुगमन समितिले छिट्टै अनुगमन गरी कानूनी दायरामा ल्याइने व्यास नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले बताए ।

आधिकारिक बिक्रेता बिना कसैले आफूखुशी औषधि बिक्री वितरण गर्न नपाइने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले बताए ।

२०७६ मंसिर २६ गते बिहीवार २०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु