"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विभागले गरेको बजार अनुगमन व्यापारीको अवरोध

काठमाडौँ । चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ ।

खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो ।

यसैक्रममा बिहीवार विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको छ ।

अनुगमनका क्रममा मूल्य सूची नराखी तथा बिलबिजक जारी नगरी कारोबार गरेको पाइएपछि विभागको टोलीले चार वटा थोक पसलेमाथि जरिवाना गरेको छ ।

उनीहरुलाई प्रत्येकलाई रु ५०/५० हजारको जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

प्रहरीसहित विभागको टोली अनुगमनमा आएको थाहा पाएपछि त्यस क्षेत्रका व्यापारीले अनुगमनको चर्को विरोध गर्दै गालीगलौजमा उत्रिएका थिए । व्यापारीले उपभोक्ता ठग्न पाउनुपर्छ भन्दै अनुगमन टोलीमाथि दुव्र्यवहार गरेका थिए ।

उनीहरुले अनुगमन टोलीलाई अवरोध गर्ने प्रयास गरेका थिए । व्यापारीको अवरोधपछि विभागको आग्रहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस क्षेत्रमा प्रहरी नायब उपरीक्षक ९डिएसपी० को नेतृत्वमा सुरक्षाकर्मी पठाएको थियो ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि व्यापारी पछि हटेका थिए । पछिल्लो साता विभागको टोलीले बालाजु, गोङ्गबु, कलङ्की, कोटेश्वर, जावलाखेल, लगनखेल, बानेश्वरलगायतका फेन्सी पसलमा अनुगमन गरेको थियो ।

ती क्षेत्रका अनुगमनका क्रममा तयारी पोशाकमा उपभोक्ता चर्को ठगीमा परेको पाइएको विभागले जनाएको छ । तीनै व्यापारीले दिएको सूचनाका आधारमा आज विभागले तयारी पोशाकको होलसेल मानिएको रञ्जना क्षेत्रमा अनुगमन गरेको हो ।

नजिकिँदो दशैँ, तिहारलगायत चाडबाडमा कपडा खरीदमा ठूलो धनराशी खर्च गर्ने हुँदा उपभोक्ता चर्को ठगीमा नपरुन् भनेर विभागले तयारी पोशाकका क्षेत्रमा अनुगमनलाई व्यापकता दिएको हो ।

२०७६ असोज ६ गते सोमवार १५:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु