"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रबैंकको प्रतिवेदन : दैनिक उपभोग्य सामग्रीमा ५.८ प्रतिशतले मूल्यबृद्धि

काठमाडौं । दश महिनायता दैनिक उपभोग्य वस्तुको मूल्य ५ दशमलव ८ प्रतिशतले बढेको छ । आयात बढेका कारण दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि भएको राष्ट्रबैंकले बताएको छ । खाद्य र गैह्र खाद्य वस्तुको मूल्यमा एकसाथ बढ्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

चामल, तरकारी, घिउतेल, माछा–मासु लगायत दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि भएको छ । मूल्य बढ्दा खाद्य समूहको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशतले बढ्न पुगेको हो । त्यसैगरी गैरखाद्य समूहमा घरायसी सेवा, लुगा तथा जुत्ता, यातायात र फर्निचर पनि महँगिएका छन् ।

चालु आर्थिक वर्ष २०७५/७६ को बैशाख महिनामा मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत पुगेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । जुन चैत महीनामा ४ दशमलव ४ प्रतिशत विन्दुमा थियो । आन्तरिक उत्पादन कम हुनु र बाह्य उत्पादनको आयात बढ्नुले मुल्यबृद्धिमा केही उतारचढाव आएको राष्ट्र बैंकको ठम्याँई छ ।

उपभोक्ता गुनासो

राष्ट्र बैंकका अनुसार खाद्य सेवाभन्दा गैरखाद्य समूहको मुद्रास्फीति बढिरहेको छ । आर्थिक वर्ष २०७५/७६ को १० महिनामा यस समूहको मूल्यवृद्धि ५ दशमलव ८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले सामान्य मूल्यबृद्धि हुनु स्वभाविक भएको बताइरहँदा उपभोक्ता भने बजार छोइनसक्नु भएको गुनासो गर्छन् ।

मूल्यवृद्धि चालू आर्थिक बर्षमा ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकको छ । तर मूल्यबृद्धि अझै बढ्न सक्ने सङ्केत सरकारको लेखा समितिले गरेको छ ।

बलियो सरकारले मूल्यबृद्धि घटाउने भन्दा पनि बढाउन थालेपछि उपभोक्तालाई दैनिक गुजारा चलाउन मुश्किल परेको जानकारहरु बताउँछन् ।

दुईतिहाईको सरकारसँग धेरै आशा गरेपनि दैनिक उपभोग्य बस्तुमा अस्वभाविक मूल्यबृद्धि हुँदा नागरिकहरु चिन्तित छन् । एकातिर आन्तरिक उत्पादन बढाउने योजना नहुनु र धेरै वस्तु आयात हुँदा मूल्यबृद्धि बढ्दो छ ।

मूल्यबृद्धि घटाएर नागरिकलाई राहत दिने दायित्व राज्यको हो । तर त्यसो भने हुन नसकेको गुनासो बढेको छ ।

२०७६ असार ७ गते शनिवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु