प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ, बालुवाटारका ७६ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
बिहीबार स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षामा खटिएका १५/२० जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ।
झण्डै १ सय ५० जनाको कोरोना परीक्षण गरिएको थियो।
२०७७ असोज १७ गते शनिवार १९:३६ बजे प्रकाशित