"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना अपडेटः विश्वभर २ लाख ५२ हजारको मृत्यु, कुन देशको अवस्था कस्तो छ ?

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार ९६ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १६४, फ्रान्समा ३०६ र बेलायतमा २८८ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा भने १ हजार ३२४ जनाको मृत्यु भएको छ ।

२०७७ वैशाख २३ गते मंगलवार १४:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु