"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोभिड-१९ नियन्त्रणमा चीनलाई सफलता

अन्तर्राष्‍ट्रिय समुदायले विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्धको लडाईमा चीनको यो ठूलो उपलब्धीको रूपमा लिएका छन्।

काठमाडौं। कोभिड-१९ को उद्गमस्थल चीनमा पहिलो पटक हिजो, ५ चैतमा कोही चिनियाँ नागरिक संक्रमित भेटिएनन्।

चीनको आधिकारिक निकायलाई उद्धृत गर्दै अन्तर्राष्‍ट्रिय संचारमाध्यमले जनाए अनुसार कोरोना भाइरस संक्रमण देखिएपछि तीन महीनायता पहिलोपटक कुनै चिनियाँ नागरिकमा संक्रमण नदेखिएको हो।

अन्तर्राष्‍ट्रिय समुदायले कोरोना भाइरसविरुद्धको लडाईमा चीनका लागि यो ठूलो उपलब्धीको रूपमा लिएका छन्।

यद्यपी हिजो चीनमा ३४ जना नयाँ संक्रमित भेटिएको छ। तर, ती सबै विदेशी नागरिक हुन्।

इटली, अमेरिकालगायतका देशहरूमा महामारी बढीरहँदा चीनमा कोरोना भाइरस संक्रमण घटाउन सफलता मिलेको चीनका अधिकारीहरूले बताएका छन्।

हालसम्म चीनमा ८१ हजार ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसमध्ये मृत्यु हुनेको संख्या तीन हजार २३१ छ।

त्यस्तै ३१ हजार ५०६ जना संक्रमण भेटिएको इटलीमा दुई हजार ५०३ जनाको मृत्यु भइसकेको छ।

२०७६ चैत ६ गते बिहीवार १४:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु