"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दक्षिण कोरियामा एकैदिन ५ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण, मृतकको संख्या १६ पुग्यो

एजेन्सी । दक्षिण कोरियाले शुक्रवार ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरेको छ।

यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो सङ्ख्याको सङ्क्रमण हो।

कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण कोरियामा २,९३१ जना कोभिड-१९ का बिरामी छन्।

अहिलसम्म त्यहाँ १६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ।

चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको देश दक्षिण कोरिया हो।

दक्षिण कोरियामा के भइरहेको छ ?
दक्षिण कोरियाका प्रायस्जसो सङ्क्रमितहरू दक्षिण-पूर्वी डाएगु सहरमा रहेका छन्।

सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि त्यहाँ कोरोनाभाइरस सङ्क्रमण फैलिएको बताइन्छ।

एकजना ६१ वर्षीय सदस्यलाई गतसाता सङ्क्रमण भएको पुष्टि भएको थियो र उनलाई सङ्क्रमितमध्येको पहिलो मानेर कोरियाली स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

ती महिलाले सुरुमा अस्पताल जन अस्वीकार गरेकी र कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि हुनु अगाडि चर्चका केही प्रार्थनाहरूमा सहभागी भएको बताइएको छ।

उक्त चर्चले भने आफूलाई आरोप लगाएर अन्याय गरिएको बताएको छ।

२०७६ फागुन १७ गते शनिवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु