"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दक्षिण कोरियामा सङ्क्रमण बढ्दो, रोकथाम गर्ने उपाय तीव्र

एजेन्सी । कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट दक्षिण कोरियामा पनि एक जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुका अनुसार भाइरसको सङ्क्रमण लागेका ६० वर्षीयपुरुषको मृत्यु भएको हो । त्यहाँ ३५ जना सङ्क्रमितहरुको उपचार भइरहेको छ ।

अधिकारीहरुले देशभर झण्डै एक सय जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमानमा सबैको स्वास्थ्यपरीक्षण भइरहेको जनाएका छन् ।सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ ।

यसैबीच सङ्क्रमितहरु बढी देखिएको दक्षिणपूर्वी शहर डाइगुमा २५ लाख मानिसहरुलाई घरभित्रै मास्क लगाएर बस्न आग्रह गरिएको छ । डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

जापानमा पनि योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको पानीजहाजमा रहेका मध्ये दुई जनाको मृत्यु भएको छ । यो संगै भाइरसको सङ्क्रमणबाट चीन बाहिर चार जनाको मृत्यु भएको छ ।

यसअघी जापानमा एक जना र फिलिपिन्समा एक/एक जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या भने दुई हजार ११८ पुगेको र ७५ हजार सङ्क्रमित भएका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

२०७६ फागुन ९ गते शुक्रवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु