कोरोना प्रकोप : मृतकको संख्या १६ सय नाघ्यो, ६९ हजार बढी संक्रमित

बेइजिङ /एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरबाट संसारभर ६९ हजार बढी मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार ६९ हजार १९५ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ भने १६ सय ६९ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ । कोरोना संक्रमितमध्ये ९ हजार ४ सय ६५ जना निको भइसकेका छन्।
२०७६ फागुन ४ गते आइतवार १३:०७ बजे प्रकाशित