प्रियङ्का गान्धीले, भनिन् म जेल जान तयार छु
काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन् ।
गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले जेल जान तयार भएको बताएकी हुन् ।
पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु, उनले ट्विटरमा लेखेकी छिन् । साथै, उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट गरेकी छिन् । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।
२०७६ साउन ५ गते आइतवार १४:५८ बजे प्रकाशित