"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मोदीको सपथ ग्रहणमा विमिस्टेकका समकक्षी सहभागी हुने

एजेन्सी । लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत हासिल गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पुनः प्रधानमन्त्री पदको सपथ लिँदैछन् । सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री हुँदा झै यसपटक पनि मोदीले ‘छिमेकी पहिला’ को नीतिअनुरुप नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई आफ्नो सपथ ग्रहण समारोहमा उपस्थितिका लागि आमन्त्रण गरेका छन् ।

मोदीको सपथमा नेपालका अलावा ‘बंगाल इनिसियटिभ फर मल्टिसेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेसन (विमिस्टेक) मा आवद्ध मुलुकका समकक्षीहरुलाई सपथ ग्रहण कार्यक्रममा निम्त्याएका छन् । विमिस्टेकमा नेपालका साथै बंगलादेश, म्यानमार, श्रीलंका, भुटान र थाइल्याण्ड आवद्ध छन् । यसका साथै किर्गीस्तान र मोरिससका समकक्षीलाई पनि उनले आमन्त्रण गरेको भारतको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०७६ जेठ १५ गते बुधवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु