"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

किम जोङ उन र पुटिनबीच रुसमा पहिलो पटक भेटवार्ता

एजेन्सी । उत्तर कोरियाका शीर्ष नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटघाट भएको छ । किम बुधबार ट्रेनबाट रुस पुगेका थिए । यी दुई नेताबीच रुसको बन्दरगाह शहर भ्लादिभोस्ताकनजिक रस्की द्वीपमा भएको थियो ।

यी दुई नेताबीच कोरियाको प्रायद्वीपमा परमाणु समस्यामाथि चर्चा हुने रुसले बताएको छ । तर अमेरिकासँगको वार्ता विफल भएपछि किमले रुससँग सहयोग माग्न सक्ने बताइएको छ ।

किम र पुटिनबीचको भेट एक कलेजमा भएको हो । यस दौरान कलेजको पठनपाठन रद्द गरिएको थियो भने केही विद्यार्थीहरु यी दुई नेताहरुलाई हेर्न जम्मा भएका थिए ।

किम र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यो वर्षको सुरुवातमा भियतनामको राजधानी हनोईमा भेटवार्ता भएको थियो, जहाँ उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमका बारेमा चर्चा भएको थियो । तर यी दुई नेताबीच भएको दोस्रो भेटघाट बिना कुनै सम्झौता टुङ्गिएको थियो ।
उत्तर कोरियाली नेता किम रुसमा भव्य स्वागत गरिएको थियो । रुसले ब्याण्ड बाजाको साथ किमको स्वागत गरेको थियो ।

२०७६ वैशाख १२ गते बिहीवार १८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु