फ्रान्सको ‘नोट्र डाम’ गिर्जाघरमा आगलागी

पेरिस, विविसि । फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघरमा आगलागी भएको छ । आगलागीको कारण र आगलागीबाट भएको हताहतीबारे कुनै विवरण आइसकेको छैन ।
यद्यपि त्यहाँ जारी जिर्णेद्धारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले जनाएको छ । ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डाम गिर्नाघर वास्तुकलाका लागि विश्वभर प्रख्यात रहेको बताइन्छ ।
सामााजिक सञ्जालमा मानिसहरुले नोट्र डाम गिर्जाघरमा आगो लागेको तस्वीर भिडियोहरु शेयर गरिरहेका छन् ।
२०७६ वैशाख ३ गते मंगलवार १६:१८ बजे प्रकाशित