"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

निर्वाचनमा तालमेलको कुरा चलेको छैन: अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”
शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उहाँले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा नि:शुल्क शिक्षा दिने बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”

फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन् ।” देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उहाँको तर्क थियो ।

२०७९ वैशाख २ गते शुक्रवार २०:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु